transport management office
काठमाण्डौ । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा थप ३ याताया तव्यवस्था कार्यालय विस्तारको काम पुसको अन्तिममा मात्र सकिने जनाएको छ ।
यसअघि पुस सुरुबाटै ती कार्यालय सञ्चालनमा ल्याउने भनिएपनि घर भाडामा लिने र सजावट प्रक्रिया लम्बिएकोले पुस अन्तिमसम्ममा मात्रै सञ्चालनमा आउन सक्ने विभागका प्रवक्ता टेकराज पाण्डेले बताए ।
ललितपुर, एकान्तकुनामा सञ्चालित एक मात्र यातायात व्यवस्था कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीको चाप निकै ठूलो पाएपछि यातायात व्यवस्था मन्त्री रमेश लेखकले तीन ठाउँमा विस्तार गर्ने भनिएका कार्यालयहरु शीघ्र सञ्चालनमा ल्याउन विभागलाई संसिर १४ गते निर्देशन दिएका थिए ।
मन्त्रीले निर्देशन दिएको २० दिन बितिसकेको छ । त्यसपछि सक्रियता देखाएको विभागले नियमसंगत तरिकाले विस्तार प्रक्रिया बगाडि बढाएको भन्दै पुसको अन्तिमसम्ममा कार्यालय सञ्चानलमा आउने जानकारी दिएको हो ।
भक्तपुरको सूर्यविनयकमा पुस १० गतेभित्रै कार्यालय खोल्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए । भक्तपुरको कार्यालय सञ्चालनमा आएको एक साताभित्र कलंकी र चाबहिलमा खोल्ने गरि काम अघि बढाइएको उनको भनाइ छ । आजको नागरिक दैनिकमा छापिएको छ ।
पक्रिया लम्बिएमा पुस अन्तिमसम्ममा मात्रै सबै कार्यालय सञचालनमा आउने देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago