काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पूँजीगत लाभकरलाई अन्तिम करका रुपमा गणना गर्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रालयलाई अनुुरोध गरेको छ ।

धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करका रुपमा गणना गरिदिने व्यवस्थाका लागि अर्थमन्त्रालय समक्ष अनुुरोध गरेको बोर्डले बताएको हो । 

करचुुक्ता प्रमाणपत्र दिनका लागि कतिपय कर कार्यालयले स्पष्ट व्यस्थाको अभावमा सो पूँजीगत लाभकरलाई अन्तिम कर निर्धारण गर्ने नगरिएको लगानीकर्ताहरुबाट गुुनासाहरु आएकाले धितोपत्र बोर्डले उक्त पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्न र सिर्जित द्विविधालाई स्पष्ट गरिदिन अर्थमन्त्रालयसमक्ष आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम करका रुपमा घोषणा हुुुनुुुपर्ने माग उठाइरहेका बेला बोर्डले सोही समस्यालाई मध्यनजर गर्दै अर्थमन्त्रालय समक्ष सो लाभकरलाई नै अन्तिम करका रुपमा स्पष्ट गरिदिन माग गरेको हो । 

पूँजीगत लाभकरलाई  नै अन्तिम करका रुपमा मान्ने व्यवस्था भयो भने यसले बजारमा कस्तो प्रभाव पार्ला ? पढौं बजारसँग सम्बद्धहरुको प्रतिक्रिया:

प्रियराज रेग्मी(पूूर्वअध्यक्ष)-स्टक ब्रोकर्स एशोसिएसन
करका विषयमा निश्चिन्त भई लगानीकर्ताले लगानी गर्छन् । बजारको आत्मविश्वास बढ्छ ।

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर्स एसोसिएसन
लाभकर अन्तिम हुँदा कर चुक्ता प्रमाणपत्र लिन जाँदा कर कार्यालयका अधिकारीलाई बुझाइ राख्नू परेन । सजिलै कर चुक्ता लिन सकियो र नयाँ लगानीकर्ता बजारमा लगानी गर्न आकर्षित हुन सक्छन् ।

दिलीप मुुनंकर्मी, बजार जानकार
लाभकर कानुनतः अन्तिम भएपछि सरकारसँगको करसम्बन्धी अर्काे एउटा विवादको निरूपण हुनेछ । यसले करको अन्यौलता अन्त हुँदै लगानीकर्ताहरूलाई आश्वस्त बनाउने र मनोबल बढाउन केही सहयोग पुग्नेछ । सबैभन्दा मुख्य कुरा अग्रिम कि अन्तिम भन्दै कर अधिकृतको तजबिजी र केही ठाटाबाठाको स्वपरिभाषाको अन्त हुनेछ । कर चुक्ताका लागि यो र त्यो भन्दै अडिटर र कर अधिकृतको चाकडी गर्नुपर्ने छैन् ।

केशव कोइराला, बजार जानकार
यसबाट सकारात्मक प्रभाव मात्रै पर्ने हो । ऐनमा जेसुुकै लेखिएको भए पनि आजसम्म व्यवहारमा ५ प्रतिशत पूूँजीगत लाभकर नै अन्तिम कर रहिआएको छ । त्यति व्यवहारिक पक्षलाई कानूूनी रुप दिने मात्रै हो ।
 
विष्णुप्रसाद बस्याल, सेयर बजार प्राविधिक विश्लेषक
विश्वभरि नै पूूँजीगत लाभकरलाई नै अन्तिम करको रूपमा मान्ने प्रचलन छ । यो अभ्यास नेपालमा पनि हुनु आवश्यक छ। यो व्यवस्थाले लगानीकर्तामा एउटा सकारात्मक म्यासेज जान्छ।

यति मात्र होइन  पूँजीगत लाभकर सम्पूर्ण पोर्टफोलियोमा गणना गरेर आर्थिक वर्षको अन्त्यमा मात्र लिने व्यवस्था हुनुपर्छ । यदि सरकारले यो व्यवस्था गर्यो भने मात्र विदेशी लगानीकर्तालाई नेपालको पूँजीबजारमा लगानीका लागि प्रोत्साहन गर्न सकिन्छ, होइनभने वर्तमान कर प्रणाली अन्तर्गत कुनै पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी गर्ने छैन।

रामेश्वर पन्थ, सक्रिय सेयर लगानीकर्ता
अहिलेसम्म आएका तर्कवितर्कहरुको अन्त्य गर्नेछ ।