काठमाण्डौ । सेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रमहरु घोषणा गरेको छ।
सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गम्भीर संकट आएको ठहर गर्दै १९ बुँदे मागसहित कोइरालाले असार १ गतेदेखि आफू आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशनलाई सहयोग पुग्ने उद्देश्यले लगानीकर्ताहरुले शान्तिपूर्ण आन्दोलन तथा प्रदर्शनका कार्यक्रम घोषणा गरेका हुन् ।
शनिवार काठमाडौको भृकुटीमण्डपमा भएको एकसयजनाभन्दा बढी सक्रिय लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दवाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
घोषित आन्दोलनका कार्यक्रमअनुसार लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्नेछन् ।
संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेश ढकाल, गोपाल स्वामी, एसपी चौलागाँइँ, नानीबाबु खरेल, पूरुषोत्तम कँडेल, एलपी साह, सञ्जय थापा, देवबहादुर कार्की, लक्ष्मण बञ्जारा, सुमन भण्डारी, विनोद कार्की, पिताम्बर फूलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेती, सुकदेव भण्डारी, कमल पन्थी, सुदर्शन पाठक, पासाङ शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ती सदस्य छन्।
भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी दिंदै २७ हजार रुपैयाँ कार्यक्रमका लागि सहयोग संकलन समेत शनिवार नै गरिसकेको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19