काठमाण्डौ । पूर्वबैंकर अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
केही दिनअघि रास्वपा प्रवेश गरेको बताइएको छ। आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको छ।
पार्टी सभापति रवि लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए।
शाहले ३ दशक बढी बैंकिङ क्षेत्रमा बिताएका थिए। उनी नबिल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि निभाएका थिए।
अब शाह सक्रिय राजनीतिमा होमिएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19