file photo
काठमाण्डौ । कोरोना संक्रमण देखिएपछि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ।
नर्भिकका अनुसार पूर्वराजा शाहसहित तीनैजनाको कोरोनाका लक्षणहरु कम हुँदै गएका छन्। उनीहरुको शनिबार दिउँसो १ बजेदेखि नर्भिकमा उपचार भइरहेको छ।
केही दिनअघि पूर्वराजा, रानी र अधिराजकुमारीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनीहरुको आइतबार साँझसम्मको अवस्था स्थिर र सामान्य रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago