काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन्।
पूर्वरानी शाह आज अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन्।
कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वरानी शाह र छोरी प्रेरणा भर्ना भएका थिए। पूर्वराजा शाह गत वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए। त्यसको २ दिनपछि पूर्वरानी शाह र छोरी प्रेरणा डिस्चार्ज भएका हुन्।
अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आईसीयूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको उनको अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। छोरी प्रेरणाको अवस्था सुरुआतदेखि नै सामान्य र स्थिर थियो।
पूर्वराजा, पूर्वरानी र छोरी प्रेरणाको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्वराजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago