काठमाण्डौ । सरकारले ठूला पूर्वाधार विकासका लागि लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने भएको छ। 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले ठूला परियोजना निर्माणका लागि आवश्यक रकम जुटाउन हरित ऋणपत्र जारी गरिने जानकारी गराएका हुन्।

सरकारले निर्माण गर्ने रुपान्तरणकारी आयोजनामा रकम जुटाउन हरित ऋणपत्र जारी गर्ने बजेटमा उल्लेख छ।