काठमाण्डौ । सार्वजनिक निजी साझेदारी एवं निजी क्षेत्रको सहभागितामा पूर्वाधारका परियोजना निर्माण, लगानी एवं सञ्चालन सम्बनधमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल नगरपालिका संघ काठमाण्डौबीच समझदारी भएको छ।
नगरपालिका संघको २८ औँ स्थापना दिवसको अवसरमा नगरपालिका संघ तथा निफ्राबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा समझदारीपत्रमा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका थिए।
नगरपालिकाको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनबाट नगरवासीका लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पुर्याउन पूर्वाधार लगानीमा पर्याप्त वृद्धि हुनुपर्ने आवश्यकतालाई ध्यानमा यो सम्झौता भएको हो। सम्झौताअनुसार नगरपालिकाअन्तर्गतका सामाजिक तथा भौतिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग बैंकका तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गरिनेछ।
मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित बैंकले नगरपालिका संघसँगको सहकार्यलाई अझ प्रगाढ बनाउँदै आगामी दिनमा मुलुकका अन्य निकायसँग समेत यसरी नै सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago