काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको क्यूआर कोडमार्फत अब बसहरुको भाडा भुक्तानी गर्न सकिने भएको छ।
आफ्नो डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ क्यूआर कोडको हिजो बिहीबारबाट औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरेको हो। कार्यक्रममा बैंकको प्रदेश नं १ को प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिहरुलाई क्यूआर कोड हस्तान्तरण गरे।
यो सेवाको शुभारम्भसँगै पूर्वी नेपाल यातायातमा काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि इटहरीहुँदै विराटनगर र धरानसम्म यात्रा गर्ने यात्रुहरुले बसमा राखिएको बैंक अफ काठमाण्डूका क्यूआर कोडलाई स्क्यान गरी भाडा भुक्तानी गर्न सक्नेछन्।
यसैगरी कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसले काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, विरोटचोकदेखि इटहरीहुँदै विराटनगर र धरानसम्म बस सेवाको सुविधा दिइरहेकोमा अबोपरान्त यो बससेवा प्रयोग गर्ने सम्पूर्ण यात्रुले क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन्।
बैंकद्वारा राखिएका क्यूआर कोड छोटो दूरीको यातायात सेवाहरुमा काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, विरोटचोकदेखि इटहरीहुँदै विराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसमा क्यूआर कोडस्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । यात्रुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सीधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरिएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यससँगै बैंकले आफ्ना शाखा कार्यालयलाई परिचालन गरी देशका विभिन्न व्यापारिक तथा अन्य स्थानमा क्यूआर कोड राखी डिजिटल कारोबारका लागि ग्राहकलाई उत्प्रेरित गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19