काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा एकैपटक प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको हो । 

यस्तै, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाइएको छ । 

बढेको मूल्यसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।