काठमाण्डौ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको छ। 

नियम पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँले वृद्धि गरेको हो। समायोजित मूल्यअनुसार अब प्रतिलिटिर पेट्रोलको मूल्य १४५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । हाल कायम पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य हालसम्मकै उच्च हो।

हाल कायम मूल्यमा पनि अझै पेट्रोलमा १६.५९ रुपैयाँ र डिजेलमा १२.९८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। यद्यपि पक्षिक (१५ दिनमा) अझै २ अर्ब १५ करोड ४३ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

मूल्यवृद्धिअघि भने निगमलाई १५ दिनमा २ अर्ब ४० करोड रुपैयाँ घाटा भएको थियो मट्टीतेलमा भने २५.०६ रुपैयाँ निगमलाई नाफा हुने देखिएको छ।