Bishnu Paudel
काठमाण्डौ । सरकारले भन्सार विन्दूमै पेट्रोलियम पदार्थमा ५ प्रतिशतको दरले पूर्वाधार कर लगाउने घोषणा गरेको छ ।
भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा ५ प्रतिशत पूर्वाधार कर लगाउने भन्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा घोषणा गरेका हुन् । यसको अर्थ, अब पेटोलमा सिधै ५ रुपैयाँ मूल्यवृद्धि भएको छ भने अन्य इन्धनमा समेत ५ प्रतिशतको दरले मूल्यवृद्धि भएको छ ।
पेटोलियम पदार्थको मूल्यवृद्धि भएपछि सार्वजनिक यातायात लगायतका क्षेत्रमा समेत मूल्यवृद्धि हुनेछ र यसले समग्रमा मूल्यवृद्धि भई सर्वसाधारणको ढाड सेकिने भएको छ ।
अर्थमन्त्री पौडेलले १ हजार २ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्सार विन्दुमै सरकारले डिजेल, पेट्रोलसहित हवाइ इन्धन र मट्टीतेलमा ५ प्रतिशत पूर्वाधार कर लगाउने जानकारी दिए । यस्तो करबाट मात्र सरकारलाई ७ अर्ब रुपैयाँ प्राप्त हुने पौडेलको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago