पोखरा। पछिल्लो तथ्यांकअनुसार पोखरा महानगरपालिकाको मेयर गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन्। 

पोखरा महानगरमा आइतबार बिहानसम्म १६०० मत गणना हुँदा धनराजले ६१३ मत पाएका छन्। मेयरमा एमाले उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन्। राप्रपाका शंकरप्रसाद खराल ९८ मतका साथ तेस्रो स्थानमा छन्। 

पोखराको उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८८३ मत ल्याउँदै अग्र लिएकी छन्। कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट ७१६ मत ल्याउँदै दोस्रो स्थानमा र राप्रपाकी रञ्जिता सेन ८२ मतका साथ तेस्रो स्थानमा छिन्।