काठमाण्डौ । यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त क्षेत्र पोखराको सेती खोँचबाट अहिलेसम्म ३६ जनाको शव निकालिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार साढे १२ बजेसम्म सेती नदीको खोँचबाट ३६ जनाको शव निकालिएको छ। ‘सबै शव जलेका छन्, विमान लागेको आगो पूर्ण रुपमा निभेको छैन’, अझै आगो लागिरहेको छ’, उनले भने, ‘सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन्।’ 

शवहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको केसीले जानकारी दिए। 

काठमाण्डौबाट उडेको यती एयरलाइन्सको एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती खोँचमा १०ः५० बजेतिर दुर्घटनाग्रस्त भएको थियो। विमानमा चारजना चालक दलका सदस्यसहित ७२ जना यात्रु सवार थिए। विमान क्याप्टेन कमल केसीले उडाएका थिए। 

यात्रुमध्ये १० जना विदेशी र ६ जना बालबालिका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।