काठमाण्डौ । विश्व डिजिटल युगमा प्रवेश गरेको भन्दै गर्दा झन्डै पौने करोड नेपालीले भने अझै पनि टुकीको उज्यालोमा जीवन बिताउनु परेको छ ।
हालै सरकारले सार्वजनिक गरेको तथ्यांकमा झन्डै ७४ लाख १० हजार नेपाली उज्यालोका लागि टुकी बत्तीको भर पर्नुपरेको देखिएको छ ।
आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार मुलुकको कूल जनसंख्यामा बिजुलीको पहुँच ७४ प्रतिशतमा पुगेको छ भने बाँकी २६ प्रतिशत जनसंख्या टुकीको भरमा छन् ।
केन्द्रीय तथ्यांक विभागले गत वर्ष प्रक्षेपण गरेको मुलुकको जनसंख्या २ करोड ८५ लाख छ । यसको यसको २६ प्रतिशत ७४ लाख १० हजार हुन आउँछ । कूल जनसंख्याको एक चौथाइ जनता अझै पनि उज्यालोका लागि टुकीको भर पर्नुपरेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए । यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago