काठमाण्डौ । छिमेकी मुलुक भारतको सामान्य जनजीवन कोरोनाको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको छ।
दैनिकजसो बढ्दो संक्रमण र मृत्युदरले भारत कोरोनाको चक्रव्युहमा नराम्ररी फसेको देखिन्छ। कोरोना संक्रमणको चेनब्रेक गर्न अनेकन उपायहरु अवलम्बन गरिए पनि असफल भइरहेका छन्।
यसबीच भारतको स्वास्थ्य मन्त्रालयका सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबारमात्रै भारतमा एकैदिन साढे ३ हजार बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ भने पौन ४ लाख बढी नयाँ संक्रमित थपिएका छन्।
तथ्यांकअनुसार हिजो बिहीबार भारतमा ३ लाख ८६ हजार ४५२ जना संक्रमित थपिएका छन्। यो एक दिनको हालसम्मकै उच्च आँकडा हो। गत अप्रिल २१ बाट भारतमा हरेक दिन ३ लाखभन्दा बढी नयाँ संक्रमित थपिँदै आएका छन्।
यसैगरी बिहीबारमात्रै भारतमा ३ हजार ४९८ जनाको ज्यान गएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago