काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठानले हल भाडाबाट मात्रै वार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ। नेपाल सरकारबाट आउने अनुदानमा अपुग रकम प्रतिष्ठानले आफ्नो आयबाट व्यहोर्दै आएको छ। 

आर्थिक वर्ष २०७३/२०७४ मा कुल १५ करोड बजेट अनुमान गरेको प्रतिष्ठानले नेपाल सरकारबाट ११ करोड ५४ लाख ९५ हजार प्राप्त गरेकोमा बाँकी  तीन करोड ५० लाख आम्दानी थप गरी १४ करोड ६६ लाख खर्च गरेको लेखा शाखा प्रमुख सुमन अधिकारीले बताए। 

केही आम्दानी पुस्तक बिक्रीबाट पनि हुने गरेको छ। प्रतिष्ठानमा प्रेक्षालयसहित चार हल छन्। प्रतिष्ठानमा हाल १२२ जनशक्ति छन्।