Bullish Market
काठमाण्डौ । गत साता लगातार बढेको बजारबाट प्रफिट बुक गर्ने र मूल्य घटेको बेला सेयर उठाउनेबीच आइतबार टक्कर देखिएको छ । प्रफिट बुक गर्ने र सेयर खरीद गर्न चाहनेबीच टक्कर देखिँदा कारोबारको सुरुवातमा उत्साहप्रद विन्दूले बढेको बजार बन्द हुँदा भने सामान्य बढोत्तरीमा सीमित बन्न पुग्यो ।
बजार बढिरहेको समयमै समेत सेयर बेचेर थोरै भए पनि प्रफिट बुक गर्नेहरुका कारण सुरुवातमा बढेको बजार घटेर बन्द भएको देखिन्छ ।
यो दिन गत बिहीबारको भन्दा औसतमा कारोबार रकम सुधार भएको देखिएको छ । किनभने गत बिहीबार बजारमा २१ करोड भन्दा बढी त नेशनल लाइफको संस्थापक सेयरको मात्र कारोबार भएको थियो ।
आइतबार साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४ करोड ४६ लाख बढीको संस्थापक सेयर किनबेच भए पनि बाँकी कम्पनीको कारोबार भने स्वभाविक देखिन्छ । यो हिसाबले हेर्दा बिहीबारको तुलनामा स्वभाविक कारोबार रकम बढेको हो । यसले बजार मजबुत नै रहेको संकेत गर्दछ ।
गत साता बजारमा २०–२५ करोडमा घुमिरहने कारोबार ब्रेकआउट हुँदै ५० करोड पुगेको थियो । त्यसपछि कारोबार रकममा सुधारका संकेतहरु देखिइनै रहेका छन् ।
आइतबार नेप्से परिसूचक ६ अंकले बढेर ११६१.४५ को विन्दूमा फर्किएको छ ।
राम्रा कम्पनीमा खरीद चाप हुँदा सेन्सेटिभ इण्डेक्स १.०८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४२ अंकको बढोत्तरी भएको छ ।
यो दिन बैंकिङ समूह ७.६१ अंकले बढेको छ भने जलविद्युत समूह ९.१ अंक, बित्त समूह ६.९२ अंक, निर्जीवन बिमा समूह २.४४ अंक, उत्पादनमूलक ३५.४१ अंक, जीवन बिमा समूह ४५.८५ अंक र माइक्रोफाइनान्स समूह १ अंकले बढेको छ ।
होटल समूहमा २०.३६ अंकको पहिरो गएको छ भने विकास बैंक समूहमा ४.६५ अंक र अन्य समूहमा ०.७१ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका १४ लाख ७७ हजार ८९२ कित्ता सेयर ३७ करोड १२ लाख ३६ हजार २५२ रुपैयाँमा किनबेच भएको छ ।
साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४ करोड ४६ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ९३ लाख, एनआइसी एशियाले १ करोड ५४ लाख, अपरत तामाकोशीले १ करोड ४५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३६ लाख, एलआइसी नेपालले १ करोड ६ लाख, एनसीसी बैंकले १ करोड ६ लाख बढीको कारोबार गरे ।
एनएमबी बैंकले ९४ लाख, एभरेष्ट बैंकले ८८ लाख र नेको इन्स्योरेन्सले ८० लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आशा लघुवित्त र युनाइटेड फाइनान्सका लगानीकर्ताले कुस्त कमाए । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
श्रीराम सुगर मिल्सका लगानीकर्ताले पनि ९ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् ।
यो दिन तिनाउ विकास बैंक लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago