काठमाण्डौ। सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ।
यो साताको सुुरुदेखि नै निरन्तर उकालो यात्रामा रहेको सेयर बजार आज भने करेक्सन भएको ब्रोकरहरु बताउँछन्। पछिल्ला केही दिनमा परिसूचकको वृद्धिसँगै कम्पनीका सेयरमूल्यमा १० प्रतिशत हाराहारीमा बढोत्तरी भएपछि अल्पकालीन कारोबारीले प्रफिट बुक गर्दा परिसूचकको उकालो यात्रामा ब्रेक लाग्दै झिनो अंकले घटेको ब्रोकरहरुको भनाइ छ।
आज नियमित समयमा धितोपत्र कारोबारका क्रममा परिसूचक उकालो लाग्ने प्रयासका बाबजुद ब्रेक लागेको छ। सेयर कारोबारीले विगत केही दिनअघि किनेका सेयर डिम्याट खातामा आई थोरै नाफा देखिएको र बिक्री चाप बढाउँदा परिसूचकमा दबाब परेको विश्लेषकहरुको भनाइ छ।
आज बिहीबार बिक्री चाप बढेकै कारण नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ११३ कम्पनीका सेयरमूल्यमा गिरावट देखियो भने १३ कम्पनीका सेयरमूल्य स्थिर रहे। कुल १८८ कम्पनीको सेयर कारोबार भएको दिन ४२ कम्पनीका सेयरमूल्यमात्रै बढेका छन्।
आज नेप्से परिसूचक ४ अंकको गिरावटका साथ १४५८.०४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स १.६४ अंकको गिरावटका साथ २९७.१० को विन्दुमा सीमित बनेको छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै ४१.१६ अंकको उछाल आयो। निर्जीवन बीमा समूहमा १९.७३ अंकको बढोत्तरी भएको यो दिन जीवन बीमा समूहमा ११.०५ अंकको वृद्धि भयो।
आज सबैभन्दा धेरै लघुवित्त समूहमा २३.५० अंकको गिरावट आयो। यो दिन बैंकिङ समूहमा ४.०६ अंक, विकास बैंक समूहमा २१.८९ अंक, वित्त समूहमा ३.२७ अंक, होटेल्स् समूहमा २१.५५ अंक, जलविद्युत् समूहमा ७.१७ अंक, म्युचुअल फन्ड समूहमा ०.०७ अंक, अन्य समूह ०.४६ अंक र व्यापार समूहमा १४.३० अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८८ कम्पनीका ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँको कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २३ करोड १२ लाख रुपैयाँबराबरको कारोबार भयो। यो दिन नेको इन्सुरेन्सको १२ करोड ४६ लाख रुपैयाँ, शिवम् सिमेन्टको ९ करोड ५१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ९५ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड ९३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ५ करोड ४८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ५ करोड २७ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा आज पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
यो दिन सामुदायिक लघुवित्त र गुराँस लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago