काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आज मंसिर २८ गते बुधबारबाट छैटौँ वर्षमा प्रवेश गरेको छ।
कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको हो। यस अवसरमा कम्पनीले वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ।
उल्लेखित उद्देश्यअन्तर्गत कम्पनीले नेपालका ७७ जिल्लाभरि कुल ८४ विद्यालय संचालन गरिरहेको गैरनाफामूलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई रु. ५ लाख रकम सहयोग प्रदान गरेको छ।
समता शैक्षिक गुठीअन्तर्गतको समता विद्यालय, जोरपाटीमा २०७९ मंसिर २८ गते बुधबार कार्यक्रमवीच उक्त गुठीका कार्यकारी निर्देशक दीपक सञ्जेल, विद्यालयका प्राचार्य जय अधिकारी (सुशील) , शिक्षकशिक्षिका, विद्यार्थी तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेलगायत उच्च व्यवस्थापकहरुको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago