काठमाण्डौ । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकका लागि विशेष छुट अफर ल्याएको छ।
प्रभु क्यापिटल तथा टीथ्री थकाली ग्रुपका बीचमा भदौ ८ गते छुट सम्झौता भएको हो। यो सम्झौतासँगै प्रभु क्यापिटलका हितग्राही ग्राहकले टीथ्री थकाली ग्रुपकाबाट सेवा लिँदा १२ प्रतिशत छुट पाउने भएका छन्।
यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ।
समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टीथ्री थकाली ग्रुपको एयरपोर्ट, महाराजगन्ज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।
नेपाली पुँजीबजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दछ। हाल प्रभु क्यापिटलले २ लाख १५ हजार बढी हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19