काठमाण्डौ । प्रभु बैंकको ५० लाख बढी कित्ता सेयर आज कात्तिक २२ गतेबाट बिक्रीमा राखिएको छ।
बैंकले संस्थापक सेयरधनीको ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री राखेको हो। बैंकका ८ जना सस्थापक सेयरधनीले ती सेयर बिक्री गर्न लागेका हुन्।
बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन पेस गर्नुपर्नेछ।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १८० रुपैयाँ तोकेको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले खरिद आवेदन काठमाण्डौको बबरमहलस्थित प्रभु बैंकको प्रधान कार्यालय दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago