काठमाण्डौ । प्रभु बैंकको लिलामीमा राखिएको ४० लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज पुस १३ गते अन्तिम दिन रहेको छ।
बैंकले गत मंसिर २८ गतेबाट उक्त सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो। उक्त सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ।
बैंकको संस्थापक समूहको ४० लाख कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक विद्यमान सेयरधनी, योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago