काठमाण्डौ । लिलामी प्रक्रियामार्फ बिक्रीमा राखिएको प्रभु बैंकको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको छ।
बैंकले गत फागुन १२ गतेदेखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो। यो सेयरमा आज फागुन २६ गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। अब भने यो सेयरमा चैत ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
यो लिलामी सेयरमा विद्यमान संस्थापक सेयरका साथै अन्य इच्छुक सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ता न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
सेयर खरिदका लागि बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago