काठमाण्डौ । प्रभु बैंकको पौने ६ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ।
प्रभु बैंकले संस्थापक समूहको ५ लाख ७९ हजार ८३८ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्छन् भने बाँकी १ लाख ६८ हजार ३९९ कित्तामा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्।
अन्य व्यक्ति तथा संस्थाका लागिसमेत बिक्रीमा राखिएको सेयरमा १५ दिनभित्र र संस्थापक सेयरधनीहरुका लागिमात्र बिक्रीमा राखिएको सेयरमा ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सकिनेछ।
संस्थापक सेयरधनीहरुका लागिमात्र बिक्रीमार राखिएको सेयरमा संस्थापकबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago