 
                     
                                
                             
                                    काठमाण्डौ । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वइन्ट्स अफरका साथै रिफरल स्किम लन्च गरेको छ।
ग्राहकलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटलले ग्राहकका लागि विशेष लोयल्टी प्वइन्टस अफर ल्याएको छ। लोयल्टी प्वइन्टस् र रिफरलको अफर क्यापिटलले आज साउन १ गतेदेखि सार्वजनिक गरेको हो।
सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरी साथै प्रभु क्यापिटलका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी प्वइन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ। सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र सेअर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले प्वइन्ट्स आफ्नो डिम्याट तथा मेरो सेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आबद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार लोयल्टी प्वइन्ट्सको श्रेणी निम्नानुसार हुनेछ-
प्रभु क्यापिटलले नेपाली पुँजीबजारको क्षेत्रमा सदैव नयाँ–नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिने गरेको तथा ग्राहकलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ। लोयल्टी प्वइन्ट्स अफर तथा रिफरल स्किमका बारे थप जानकारीका लागि प्रभु क्यापिटलको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउनसकिने क्यापिटलले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19