काठमाण्डौ । प्रभु बैंकको सवा १२ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको १२ लाख २५ हजार ४०६ कित्ता सेयर बिक्रीमा राखिएको हो। 

बिक्रीमा राखिएकोमध्ये ९ लाख १७ हजार १०८ कित्ता सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सकिनेछ। यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागिमात्र बिक्रीमा यो सेयरमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो। 

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

यसैगरी बाँकी ३ लाख ८ हजार २८९ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।