काठमाण्डौ । प्रभु बैंकको करिब पौने ६ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। 

प्रभु बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ७४ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। सेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। 

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।