काठमाण्डौ । प्रभु बैंकको करिब २ लाख कित्ता सेयर आज भदौ ३ गतेबाट बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुसँग अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको म्याद राखेर बिक्री खुला गरिएको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले सेयर बिक्री खुला गरेको हो। 

अब यो सेयरमा १५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले बैंकको काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।