काठमाण्डौ। प्रभु बैंक लिमिटेडले २८ लाख १० हजार कित्ता संस्थापक सेयर आज आइतबारबाट गोप्य शिलबन्दीमार्फत बिक्रीमा राखेको छ।
बिक्रीमा राखिएको संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ता संस्थापक सेयरधनीहरुले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकोबल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन।
गोप्य शिलबन्दी आवेदन आउँदो साउन ५ गतेसम्म सेयर बिक्री प्रबन्धक काठमाण्डौको कमलादीस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पेस गरिसक्नुपर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19