 
                     
                                
                             
                                    काठमाण्डौ । प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
प्रभु बैंकको विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यो अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19