 
                     
                                
                             
                                    काठमाण्डौ । प्रभु क्यापिटलले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा आउँदो असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नागपोखरीस्थित अरण्य बुटिक होटेल एन्ड रेस्टुरेन्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट सेयरधनीहरुलाई ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19