काठमाण्डौ । प्रभु बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

प्रभु बैंकका संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो। थकालीको नाममा रहेको कुल १ लाख ५२ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखिएको छ। 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ। 

तोकिएको समयभित्र संस्थपक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाले सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।