काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको असोज महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल रहेका प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। 

असोजमा प्रभु सेलेक्ट फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर ९.६५ रुपैयाँमा झरेको छ। भदौमा न्याभ १०.८२ रुपैयाँ रहेको थियो। 

असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ७३ करोड ४९ लाख रुपैयाँमा सीमित बनेको छ। भदौसम्म सूचीकृत सेयरमा ७४ करोड ५८ लाख रुपैयाँ लगानी थियो।

यो योजना कुल लगानी असोजसम्म १ अर्ब ६ करोड रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी १ अर्ब ८ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा यस योजनाको कुल व्यय ४ करोड ९१ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय २ करोड २४ लाख रुपैयाँ रहेको थियो। 

असोजमा प्रभु स्मार्ट फन्डको न्याभ पनि घटेर १०.१७ रुपैयाँमा झरेको छ। भदौमा न्याभ १०.४५ रुपैयाँ रहेको थियो। 

असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी बढेर ५१ करोड ३९ लाख रुपैयाँ रहेको छ। भदौसम्म सूचीकृत सेयरमा ५० करोड ४६ लाख रुपैयाँ लगानी थियो। 

यो योजना कुल लगानी असोजसम्म ७४ करोड ६४ लाख रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी ७४ करोड ६१ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा यस योजनाको कुल व्यय ३ करोड ५७ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय ७६ लाख १५ हजार रुपैयाँ रहेको थियो।