काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले  भूकम्प पीडितको राहतका लागि  १० लाख रुपैयाँ प्रदान गरेको छ ।

कम्पनीले 
उक्त घटनाबाट ठूलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनरस्थापना कार्यका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा उक्त रकम  जम्मा गरिएको बताएको छ ।

साथै कम्पनीले जाजरकोट केन्द्र विन्दु भइ गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिहरुप्रति चिरशान्तिको कामना गर्दै घटनामा परी घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।