काठमाण्डौ । प्रभु हेलिकप्टर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।बुधबार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ६ करोड ६० लाख सेयर पूँजी बराबरको १०० रुपैयाँ अंकितमूल्य दरको ६ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने भएको हो।  नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा आईपीओ निष्कासन गर्ने पहिलो हेलिकप्टर कम्पनी हुने छ ।

यो कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो ।