काठमाण्डौ ।प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । 
 

सो अफर अन्तरगत कार्य गर्नका लागि कम्पनी र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स (आरआर ट्राभल्स) बीच आइतबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आरआर ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले  हस्ताक्षर गरेका हुन् । 
 

सम्झौताअनुसार कम्पनीमा डिम्याट खाता खोलेका ग्राहकहरुले आरआर ट्राभल्सले दिने सेवामा छूट अफर पाउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार आन्तरिक माउन्टेन फ्लाईट बुकिङमा १५ प्रतिशत तथा विभिन्न अन्तरराष्ट्रिय उडानहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने छन् ।

कम्पनीले यस्तो खालको अफरबाट लाभ लिन हितग्राही ग्राहकहहरूले डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्ने बताएको छ ।