काठमाण्डौ । प्रभु बैंकले रु. ४ अर्बबराबरको ऋणपत्र निकाष्सन गर्ने भएको छ।

बैंकले रु. १ हजार अंकित दरको  ‘प्रभु बैंक डिबेन्चर–२०८७’ निष्कासन गर्ने तयारी गरेको हो। कुल निष्कासन हुने ऋणमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्ब ६० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ। 

दसवर्षे यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याज भुक्तानी भने प्रत्येक तीन÷तीन महिनामा हुने बैंकले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ। 

यसैबीच प्रभु बैंकले निष्कासन गर्न लागेको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेलाई नियुक्त गरेको छ। नियुक्ति सम्झौतामा बिहीबार प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन्। 

त्यसैगरी यो ऋणपत्रको ट्रस्टीका रुपमा पनि मेगा क्यापिटल मार्केट्सलाई नै नियुक्त गर्नेसम्बन्धी सम्झौतामा पनि आजै दुवै पक्षबाट हस्ताक्षर भएको छ।