काठमाण्डौ । निष्कासनको दोस्रो दिनमै प्रभु सेलेक्ट फण्डका इकाइहरु ओभरसब्सक्राइड भएको छ।
प्रभु क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित हुने रु. १० अंकित दरमा १ अर्ब रुपैयाँबाराबरको १० करोड इकाइ हिजो जेठ ५ गतेबाट बिक्री खुला गरिएको छ। क्यापिटलका अनुसार बिहीबार साँझसम्म यो योजनामा मागभन्दा १०४.८८ प्रतिशत बढी आवेदन परेको हो। योजनामा ४० हजार ५१२ जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकमबराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको छ।
यो फन्डका १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको छ। यो फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
इकाइ खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago