काठमाण्डौ । प्रभु सेलेक्ट फन्डका इकाइहरु आज बाँडफाँड गरिएको छ।
गत जेठ ५ गतेदेखि ९ गतेसम्म सार्वजनिक निष्कासन गरिएको प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५५५ आवेदकमध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्द भएकाबाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फण्डका इकाइ बाँडफाँड प्रभु क्यापिल लिमिटेडले जनाएको छ। न्यूनतम १०० इकाइदेखि १० लाख इकाइसम्म आवेदन गर्ने सबैलाई आवेदनअनुसारकै इकाइहरु बाँडफाँड गरिएको छ भने १० लाख इकाइमाथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाइ बाँडफाँड गरिएको छ।
यो फन्डका १० करोड इकाइको निष्कासन गरिएकोमा करिब २ गुणा सम्म आवेदन परेपछि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात रु. १ अर्ब २५ करोडको भएको छ। सोमध्ये सर्वसाधारण लगानीकर्तालाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ। फण्डले १५ प्रतिशत इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु. १७ करोड ५० लाखबराबरको १ करोड ७५ लाख इकाइ र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड २५ लाखबापत १२ लाख ५० हजार इकाइ सुरक्षित गरी बाँडफाँड गरिएको हो।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://iporesult.prabhucapital.com/ तथा सीडीएससिको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट केही समयपश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago