काठमाण्डौ । प्रभु बैंक लिमिटेडले झन्डै ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ।
बैंकले यही असोज १७ गतेबाट ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। लिलामीमा राखिने सेयरमा योग्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिने सेयर न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन।
बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज २५ गते बैंकिङ समयसम्म तोकिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago