काठमाण्डौ। पछिल्लो समय नेपालको सेयर बजारमा आकर्षण बढ्दो छ। विगत दुई वर्षमा ठूलो संख्यामा सेयर बजारमा लगानीकर्ता भित्रिएका छन्।
बजारमा स्कुले विद्यार्थीदेखि लिएर ठूलठूला व्यापारिक घरानाका व्यक्तित्वमा सक्रियताका साथ कारोबार गरिरहेका छन्। यदाकदा सेयर बजार ठूलोले पैसाले पैसा तान्ने थलो हो भनेर पनि सुन्ने गरिन्छ। तर, यो बजारमा सानो पुँजीबाट उचित प्रतिफल प्राप्त गर्न सकिन्न बुझाइ अझै विकास भइसकेको छैन।
यही विषयमा प्रभु क्यापिटल लिमिटेडले एउटा सचेतनामूलक छोटो चलचित्र निर्माण गरेको छ। चलचित्रमा सेयर बजारबाट सानो पुँजीबाटै राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई सटिक र मन छुने ढंगले प्रस्तुत गरिएको छ।
चलचित्रमा पात्र र अभिनयले सबैको ध्यान खिचेको छ। चलचित्रमा एक बूढा बा (रिक्सा चालक) र छोरो विनय (कलेज पढ्ने) मुख्य पात्रा रुपमा प्रस्तुत गरिएको छ।
बूढा बा दिनभर रिक्सा चलाएर आफ्नो छोराको सुन्दर भविष्य र दैनिक गुजारा गरिरहेका हुन्छन्। उनी त्यही रिक्सामा दिनहुँ छोरालाई कलेज छाडेर आफ्नो काम सुरु गर्छन्। कथामा छोरा चाहिँ मोबाइल हेर्नमै मस्त रहने गरेको देखाइएको छ। छोराको यो बानी भने बालाई खासै मन परेको हँुदैन।
बा जहिले पनि छोरालाई ‘नालायक’ भन्दै गाली गर्छन्। बूढेशकालको साहारा नबन्ला भन्ने चिन्ता पनि बामा देखिन्छ।
छोरा भने हप्तैपिच्छे बासँग १ हजार रुपैयाँ माग्ने गर्छन्। यसरी यो परिवार जीवनी कथामा प्रस्तुत गरिएको छ।
रिक्सा चलाउँदा–चलाउँदा बाको खुट्टामा समस्या पनि देखिन थालिसकेको हुन्छ।
सदाझैँ एक दिन बिहान बा आफ्नो काममा जान घरबाट निस्किने जमर्को गर्दै हुन्छन्। उनी छोरालाई बोलाउँछन्। तर, छोरा बिहानै घरबाट निस्किसकेका हुन्छन्। उनले पत्नीलाई सोध्छन्। पत्नीले पनि बिहानै कलेज गयो कि भन्ने जबाफ दिन्छिन्।
त्यसपछि बूढा बा रिक्सा राखेतिर जान्छन्। तर रिक्सा त्यहाँ हुँदैन। उनी चिच्याउँदै पत्नीलाई डाक्छन्। रिक्सा हराएछ भन्छन्। दुवै बूढाबूढी रुन थाल्छन्।
त्यत्तिकैमा छोरा इलेक्ट्रिक रिक्सा लिएर आइपुग्छन्। बाले ‘यो कसको हो ?’ भनेर प्रश्न गर्छन्। छोराले ‘बा यो हाम्रै हो’ भन्छन्।
बाले ‘तँसँग कहाँबाट आयो यो रिक्सा किन्ने पैसा ?’ भनेर सोध्छन्।
अनि छोराले भन्छन्–‘बा तपाइँसँग मैले जुन पैसा लिन्थे। त्यो पैसा मैले सेयरमा लगानी गर्थें।’
बाले सेयरमा त धेरै पैसा हुने ठूलाबडाले लगानी गर्छन् होइन र भनेर सोध्छन्।
तर, छोराले जबाफ दिन्छन्–‘होइन अब सेयर बजारमा हामीजस्ता साना लगानीकर्ताले पनि लगानी गर्न पाइन्छ। अहिले सबै अनलाइनबाट हुन्छ। बासँग जुन पैसा मैले लिन्थे, त्यही पैसा सेयरमा लगानी गर्दाको प्रतिफल हो यो बा।’
छोराले भन्छन्– ‘बा ! म तपाइँको लायक छोरा बन्न चाहन्छु।’
चलचित्रको अन्त्यमा बा सदाझैँ छोरालाई कलेज छाड्न जान्छन्। अनि कलेज पुगेपछि भन्छन्– ‘कलेज आयो त, मोबाइलमा सेयर बजार हेर्दैछस्।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19