काठमाण्डौ । प्रभू बैंक लिमिटेडको रु १ अर्बको ऋणपत्र कात्तिक २१ गतेदेखि बिक्री खुला गरिने भएको छ ।

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले '१०.२५% प्रभू बैंक डिवेञ्चर' नामको ऋणपत्र निश्कासन गर्न लागेको हो ।

रु. १००० दरका १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाई पब्लिक इस्यूका लागि छ भने ६ लाख इकाई प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।

बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा १०.२५ प्रतिशत ब्याज पाउनेछ र ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा कात्तिक २५ गते र ढिलामा मंसिर २० गते तोकिएको छ ।

लङटर्मका लागि लगानी गर्न चाहनेहरुका लागि ऋणपत्र लगानीको राम्रो विकल्प समेत हो । बजारको ब्याजदर जति नै उतारचढाव भए पनि यस्तो उपकरणमा लगानी गर्नेले निश्चित(१०.२५ प्रतिशत) ब्याज निरन्तर पाउनेछन् ।

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै पछिल्लो समय बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् ।

बैंकहरुले ऋणपत्र निश्कासन गरी लामो अवधिको रकम तान्दा यसले लामो समयदेखि बैंकहरुको निक्षेप र कर्जाबीचमा बढ्दो मिसम्याचलाई कम गर्ने विश्वास गरिएको छ ।