काठमाण्डौ । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । 

“प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालित यस योजनाअन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपालभरका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । 

लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झञ्झटिलो बनाउने अभिप्रायले क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरिएको प्रष्ट पारेको छ । प्रभू क्यापिटलको वेबसाइटमा गएर अनलाइन फारम खोली ग्राहकले आवश्यक सबै विवरण राखेर फारम सवमिट गरेपछि पाउने रिफरेन्स कोडसहित नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाइ भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नं. पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ । 

यसका साथै क्यापिटलले ग्राहकहरुलाई डिम्याट खाताका सम्बन्धमा रहेका जिज्ञासा तथा समस्याहरुको सहजीकरण तथा निराकरण गर्ने अभिप्रायले भाइबर तथा फेसबुक पेज मार्फत ग्राहकहरुलाई परेका विभिन्न समस्याहरु जस्तै डिम्याट खाता सम्बन्धी जानकारी, नविकरण सम्बन्धी जानकारी, पासवर्ड रिसेट सम्बन्धी जानकारी तथा खाता ब्लक अनब्लक सम्बन्धी जानकारी तथा आवश्यक सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाइएको प्रष्ट पारेको छ ।