काठमाण्डौ । प्रभू क्यापिटलले पनि खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । ४० करोड रुपैयाँ बराबरको ‘प्रभू सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ नामको खुल्लामुखी सामूहिक लगानीकोषको योजना निश्कासनको अनुमति माग्दै प्रभूले धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

यो स्किमअन्तर्गत प्रति इकाई रु. १० दरका ४ करोड इकाई बिक्रीको योजना कम्पनीले बनाएको छ । 

आवश्यकताका आधारमा अहिले गरिएको प्रस्ताव गरिएको ४० करोड रुपैयाँ बराबरको फण्डको आकार घटबढ हुनसक्नेछ । 

खुल्लामुखी फण्डको परिपक्व अवधि तोकिएको हुँदैन । यस्ता स्किमका इकाई बन्दमुखी फण्डको जस्तो नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुँदैनन् ।

फण्ड म्यानेजरमार्फत नै यस्ता फण्डका इकाई खरीदबिक्री हुने गरेका छन् । 

यो खुल्लामुखी स्किमको प्रायोजक प्रभू बैंक रहेको छ भने प्रबन्धक प्रभू क्यापिटल लिमीटेड रहेको छ । 

प्रभू क्यापिटलले प्रस्ताव गरेको यो पहिलो खुल्लामुखी म्युचुअल फण्ड हो ।