काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशरण महतले प्रशासनिक खर्च घटाइने बताएका छन्।
प्रतिनिधिसभामा बुधबार प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री महतले यस्तो जानकारी दिएका हुन्। प्रशासनिक लागतलाई कम गर्ने लक्ष्य रहेको उनले बताए। ‘यसलाई बजेटमा अझ स्पष्टसँग प्रस्तुत गरिनेछ’, उनले भने।
मन्त्री महतले जहाँ जुन खर्च नगरेर पनि काम चल्छ, त्यहाँ खर्च नगर्ने सरकारको नीति हुने बताए। यही नीतिअनुसार चल्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिने उनको भनाइ थियो।
पछिल्ला केही वर्षमा अनावश्यक भवन बनाउने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै वर्तमान सरकारले यसलाई ध्यान दिने पनि महतले बताए। सरकारले स्रोत–साधनअनुसारको काम गर्ने उनको भनाइ छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago