काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चाँडै सहायक कम्पनीको रुपमा धितोपत्र तथा फ्युुचर्स र वित्तीय शिक्षा प्रशिक्षण संस्था (एसएफएफइआइ) स्थापना गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डको आव २०७६।७७ को धितोपत्र तथा वस्तुु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममै समावेश भएको प्रशिक्षण संस्था स्थापनाका लागि धितोपत्र ऐन,२०६३ संसोधनपश्चात बोर्डको सहायक कम्पनी खोलिने बोर्डका अध्यक्ष भिष्मराज ढुुगांनाले जानकारी दिएका छन् ।
प्रशिक्षण संस्थाले धितोपत्र बजार, फ्युुचर्स मार्केट र वित्तीय शिक्षाका विषयमा जानकारी दिनेछ । ‘धितोपत्र बजारसम्बन्धी विस्तृत तालिम लिएकाहरुलाई हामी सर्टिफाइड गर्छौँ र उनीहरु ब्रोकर प्रतिनिधिका रुपमा धितोपत्र कारोबारको मध्यस्थतकर्ताको मान्यता पाउने छन् ।’ उनले भने ।
प्रशिक्षणपछि स्टक ब्रोकर आफैंले जति पनि प्रतिनिधि तोक्न पाउने छन् । यसबाट बजारको विकास तथा विस्तारमा समेत टेवा पुुग्ने उनको भनाइ छ ।
प्रशिक्षण संस्था स्थापनाका लागि बोर्डकै उपकार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्वमा गठित समितिले अध्ययन प्रतिवेदनसमेत तयार गरिसकेको स्रोतले बताएको छ । सो प्रतिवेदन आन्तरिक छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ ।
बोर्डले हाल विभिन्न समयमा मोफसलमा तालिम तथा प्रशिक्षण कार्यक्रम गर्दै आइरहेकोमा बोर्डकै सभाहलमा पाक्षिक रुपमा नयाँ लगानीकर्ताहरुलाई पूूँजीबजार तथा वित्तीय साक्षरता सम्बन्धी आधारभूूत तालिमसमेत प्रदान गर्दै आएको छ ।
यसैगरी पाक्षिक रुपमै बोर्डले रेडियो कान्तिपुुरमा कार्यक्रम र पत्रकारहरुलाई पूूँजीबजारसम्बन्धी तालिम दिदै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19