काठमाण्डौ । सनी सेक्युरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साइन्टिफिक बिजनेस हबद्वारा सञ्चालित साइन्टिफिक लर्निङ सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा शनिबार आधारभूत सेयर तालिम सञ्चालन गरेको छ। 

बिहान ७ बजे देखि ११ बजेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा तालिम सञ्चालन गरिएको हो। तालिममा बाँके जिल्लामा सेवारत प्रहरी जवान तथा अधिकृत गरी ६२ जनाको सहभागिता थियो।

तालिम कार्यक्रममा विशेषगरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आईपीओमार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिम, जोखिम न्यूनीकरणका उपाय तथा नेपालमा अनलाइन सेयर कारोबारको महत्त्व र यसबारे विशेष जानकारी समेटिएको थियो।

नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरुका लागि यो तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरुले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्।