काठमाण्डौ । सेयर किनबेच गर्ने कम्पनी प्राइमो सेक्युरिटिजको स्टक ब्रोकर नम्बर १६ को दोश्रो शाखा कार्यालय चितवनको भरतपुरमा स्थापना गरिएको छ ।
राजधानी काठमाण्डौको पुतलिसडकमा कर्पोरेट अफिस रहेको उक्त कम्पनीको पहिलो शाखा कार्यालय वीरञ्जमा रहेको छ । हाल भरतपुर उपमहानगरपालिका- १० मा एलाइभ हस्पिटल नजिकै उक्त कम्पनीको दोस्रो शाखा खुलेको हो ।
कम्पनीले यसअघि असार २७ गतेबाट नै सेयर कारोबार सुरु गरेता पनि गत शुक्रबार औपचारिक कार्यक्रम गरेको हो ।
कम्पनीले भरतपुरमा शाखा खोलेपछि यहाँका सेयर लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रममा करिब १०० भन्दा बढी लगानीकर्ता तथा सेयर बजारसँग आबद्धहरुको सहभागिता थियो ।
कम्पनीका सञ्चालक मेघनाध उपाध्यायका अनुसार विगत ३० वर्षदेखि कम्पनीले सेयर किनबेच गर्दै आइरहेको छ ।
नेपालमा हाल रहेका ७७ वटा ब्रोकर कम्पनीहरुमध्येको क्रमसंख्या अनुसार १६ औं नम्बरको सूचीमा उक्त कम्पनी रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19