काठमाण्डौ ।   प्राइम लाइफ इन्स्योरेन्स क. लि. ले यही पौष ९ गते प्रदेश नं. ५ वुटवल अन्तर्गत एकैदिन ३ सम्पर्क कार्यँलय शुभारम्भ गरी ब्यबसाय सञ्चालन र बिस्तार गरेको छ ।

सम्पुर्ण नेपाली नागरीकलाइ जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालयको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईद्वारा सम्पन्न भयो । 

उक्त कार्यक्रममा बोल्दै भट्टराईले कम्पनिको ब्यवसाय बृद्धि गर्ने क्रममा ग्राहकलाई थप छिटो, छरितो सरल र सहज रुपमा जीवन बीमा सेवा पु¥याउने उद्देश्यले नया“ सम्पर्क कार्यालयहरु स्थापना गरिएको बताए । सोही क्रममा बोल्दै भट्टराईले हरेक नागरिकले जीवन बीमा प्रति सकारात्मक धारणा बनाउनु पर्नेमा जोड दिँदै समग्रमा हेर्दा कम्पनिको हालको अवस्था, लगानी, प्रतिफल, चुक्ता पुँजी, जीवन बीमा कोष लगायतका हरेक सुचकहरु अत्यन्त सबल रहेको र कम्पनि अत्यन्तै मितव्ययी ढंगले अगाडि बढेको जानकारी गराए । 

कम्पनीका तर्फबाट  ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो । उक्त कार्यक्रममा कम्पनिका कर्मचारीहरु, अभिकर्ताहरु, बिमितहरु, बिभिन्न पेशा ब्यवसायमा आबद्ध ब्यक्तिहरु र पत्रकार बन्धुहरुको उपस्थिति रहेको थियो ।